Rule 13
जाँचबुझ गर्ने
(१) कुनै दलले ऐनको दफा ३९ को उपदफा (१) बमोजिम लिन नहुने स्वेच्छिक आर्थिक सहयोग लिएको वा प्राप्त गरेको भनी कसैले प्रमाण सहित उजुरी दिएमा वा आयोगले अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा वा कुनै दलले त्यस्तो रकम प्राप्त गरेको छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा आयोगले सो सम्बन्धमा जाँचबुझको लागि कुनै पदाधिकारी वा कर्मचारीलाई खटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम खटाइएको पदाधिकारी वा कर्मचारीले आवश्यक जाँचबुझ गरी त्यसरी आर्थिक सहयोग लिए नलिएको सम्बन्धमा आयोग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।